गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ सार्वजनिक भएको छ । शब्द तथा संगीत हरि लम्सालको रहेको गीतको भिडियोलाई किरण दाहाल र विवेक मगरले संयुक्तमा निर्देशन गरेका छन् l विवेक मगरको सम्पादन र कलर संयोजन रहेको भिडियोमा जिबेश गुरुङ र दिया जिसीको अभिनय रहेको छ । महेन्द्र राज बराल युट्युब च्यानल बाट भिडियोलाई सार्वजनिक गरिएको छ ।