चलचित्र 'वीर विक्रम २' भारतमा समेत प्रदर्शन गर्नका लागी निर्देशक मिलन चाम्स केही वर्ष अगाडी मुम्बईमा गएका थिए, चलचित्रको हिन्दी डबिङ गर्नलाई l हिन्दी डब गरे लागतै भारतको चलचित्र घरहरुमा चलचित्रलाई प्रदर्शनमा ल्याउनका लागी जम्कर तयारी गरेका थिए l तर , कोरोना महामारीका कारण चलचित्र प्रदर्शनमा आउन सकेन l भारतका चलचित्र घर खुल्ने अनिश्चित भएपछि उनले अब भारतीय युट्युब च्यानलबाट 'वीर विक्रम २'  रिलिज गर्ने भएका छन् l पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब गरेको सानो अंश सार्वजनिक गरेका छन् l सामाजिक सन्जाल फेस्बूक मार्फत अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल साहबिचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गर्दै निर्देशक चाम्सले लेखेका छन् ‘हामीले चलचित्र हलमा नै प्रदर्शन गर्ने गरी चलचित्रको हिन्दी डबिङ गरेका थियौँ । तर, कोरोनाले भारतका चलचित्र हल अनिश्चितकालका लागि बन्द भएका छन् । अब युट्युबमै फिल्म रिलिज गर्दैछौं । चलचित्रको हिन्दी डब निकै राम्रो भएको छ ।’ चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । प्रदीप भारद्धाजको कथा  लेखन् रहेको चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।  मित्रता र प्रेमको कथालाई देखाइएको चलचित्र नेपालका चलचित्र हलसँगै युट्युबमा सार्वजनिक भइसकेको छ ।