बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई आमा भनिन्छ।आमाले बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहार प्रदान गरी समाजका लागि योगदान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई हरेक आमाले आफ्नो प्राण रहुन्जेल कर्तव्य निभाइरहेकी हुन्छिन्। आमा शब्दलाई प्रायः सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन्। यही सन्दर्भमा लेखक तथा कलाकार रमेश क्षेत्रीले छोटो कथा बुनेर 'आमा' नामक छोटो चलचित्र सार्वजनिक गरेका छन् l क्षेत्रीको लेखन तथा निर्माण रहेको यस् चलचित्रको छायाङ्कन र सम्पादन अमृत पाण्डेले गरेका छन् l चलचित्रमा अभिनय पनि क्षेत्रीले गरेका छन् l साथै चलचित्रको निर्देशन पनि उनकै रहेको छ l माजरी एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत चलचित्रलाई हेर्न सकिने छ l