भारतीय चर्चित स्क्रिप्ट राइटर सुबोध चोपडाको निधन भएको छ l ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका उनी नेपाली चलचित्र 'माइतीघर २' बनाउने तयारीमा पनि रहेका थिए l  कोभिडबाट निधन भएका चोपडालाई सम्झिँदै अभिनेता अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन् l फेस्बूकमा स्ट्याटस लेख्दै आफू स्तब्ध भएको अनमोलले उल्लेख गरेका छन् l वैशाखको दोश्रो साताबाट नै चलचित्र ‘माइतीघर २’को छायांकन सुरु हुने तयारीमा रहेको थियो l तर, कोरोनाका कारण चलचित्रको काम सुरु हुन सकेको थिएन l अभिनेता भुवन केसीको अनुसार चोपडाको निधन भएका कारण 'माइतीघर' पेन्डिङमा राखेर चलचित्र ‘पारस’को काम  अगाडि बढने बताएका छन् l