तराईको साथै पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ । अविरल वर्षा तथा बाढीका कारण जनधनको बढ्दो क्षतिसँगै न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि कमि हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी चलचित्र निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले आफ्नो सहयोगको हात अगाडि बढाएका छन् । बाढीको कारण बाटोहरु समेत बिग्रिएको कारण सहयोग गर्ने नपाइएको धेरैको गुनासोलाई मध्यनजर गर्दे निर्देशकको साथै कलाकारद्वय निश्चल बस्नेत र आसिफ शाहले नयाँ अभियानको सुरु गरेका छन् । उनीहरुले इ–सेवा कम्पनिसँग सहकार्य गरी मोबाइल र इन्टरनेटबाट सजिलै पैसा सहयोग गर्ने मिल्ने अभियान सुरु गरेका हुन् । 
भदौ २३ गते प्रदर्शन हुने चलचित्र ‘२ रुपैँया’मा एकसाथ देखिएका निश्चल र आसिफले आफ्नो तर्फबाट रु. ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । त्यसै गरी सहयोग गर्ने कम्पनि इ–सेवाले पनि नगद् रू. २ लाख योगदान गरेको छ साथै इ–सेवाका कर्मचारीहरूका तर्फबाट रू. १ लाख ५१ हजार पनि सहयोग गरिएको छ । यसरी जम्मा रकम रू. ४ लाख ५१ हजारबाट यो अभियानको सुरुवात भएको छ । 

 


“अहिले तराईको भूभागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।“ अभियानको बारेमा निश्चल बताउछन् । यस्तै “यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्नेछैनौ र सम्पूर्ण नै राहतको कार्यमा नै प्रयोग गर्नेछौँ । यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ । “ अर्का अभियानकर्ता आसिफले बताए । 

सहयाेग गर्ने तरिका :-

.यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिने प्रावधान छ । https://donation.esewa.com.np मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सकिन्छ । 

.इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको “फोन पे“ विकल्पमा helpterai” कोड प्रयोग गरेर पनि रकम योगदान गर्न सकिन्छ । 

.देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पु¥याउने प्रावधान पनि छ । 

.विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि ं९७७ ९८६८८४२१२१ मोबाइल नम्बरमा भाइबर गरी रकम योगदान गर्ने जानकारी लिन सक्नुहुनेछ ।

.यो अभियानका बारे थप जानकारी लिनका लागि esewa.com.np वा टोल फ्रि नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्नहोला ।