अमेरिकी राष्ट्रपति बराक ओबामा र श्रीमती मिसेल ओबामाको प्रडक्सन कम्पनी, हायर ग्राउन्ड प्रडक्सनले नेटफ्लिक्ससँग मिलेर सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने  तेञ्जिङ नोर्गे शेर्पाको जीवनीमा बायोपिक बनाउने घोषणा केही समय अघि नै गरी सकेका छन् l चलचित्रको लागी दमदार तयारीका साथ  अघी बढेको यस् कम्पनीले चलचित्रको मुख्य भूमिकामा कलाकारको आह्वान गरेको छ l २५ देखि ४० वर्ष उमेरको कलाकारले अडिसन दीनपाउने छन् भने अडिसन मार्फत चुनिएका कलाकारले तेन्जिङ नोर्गेको चरित्र निभाउने छन् l कम्पनीद्वारा जारी विज्ञप्तिमा अभिनयको अनुभव नभएकालाई पनि अभिनयको मौका दिन पाउने साथै प्रारम्भिक चरणमा तेन्जिङको लागि मात्र अडिसन आह्वान गरिएको र मुख्य पात्रका साथै अन्य कलाकार पनि छनौट गर्नुपर्ने भएकाले अडिसन केही महिनासम्म संचालन हुने विज्ञप्तिमा उल्लेख छ l  हिमाली लुक्सको तिब्बती शेर्पा र नेपाली हुनुपर्ने मापदण्ड तय गरिएका छन् । जेनिफर पीडमको निर्देशन रहने चलचित्रको कथा ल्युक डेभिसको  रहेको छ l  ‘यो ओझेलमा परेको एक जना नायकको कथा हो, जसले बाहिरको मान्छेसँग अद्वितीय सम्बन्ध कायम गरेर इतिहास रच्यो’ भेराइटीले चलचित्र तेञ्जिङ नोर्गेको बारेमा भनेको छ । २०२२ बाट फ्लोरमा जाने चलचित्रको छायांकन नेपाल र न्यूजिल्यान्डमा  गरिने छ । सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे हिलारीसँगै सगरमाथाको चुचुरोमा पुग्ने आरोही तेन्जिङ नोर्गे शेर्पाको जन्म १९१४ मा सोलुखुम्बुको थामेमा भएको थियो । तर पछि उनी दार्जिलिङ बसाइ सरेर ९ मे १९८६मा भारतको दार्जिलिङमा निधन भयो ।