चलचित्र 'राधे' अनलाइनमा पाइरेसी गर्नेप्रति बलिउड अभिनेता सलमान खानले आक्रोश पोखेका छन् । गैर कानुनी रूपमा चलचित्रलाई पाइरेसी गर्ने माथि साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लीने बताएका छन् l सामाजिक सन्जाल ट्विटर मार्फत सो खबरलाई उनले जानकारी गराएका हुन् l ट्विटरमा, ‘हामीले तपाईँहरूलाई ‘राधे’ पे भ्यू २ सय ९९ रुपैयाँको एकदमै कम मूल्यमा देखाएका छौँ । यसका बाबजुद पनि चलचित्र गैर कानुनी रूपमा पाइरेसी भएको छ । यो एक गम्भीर अपराध हो । साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लिँदै छ । कृपया पाइरेसीमा सामेल नहुनुहोस्, यसमा आबद्ध पाइएमा साइबर सेलले कारबाही गर्नेछ ।’ भनेर लेखेका छन् l कोरोनाका कारण बिहीबारबाट चलचित्र भारतका केही हलसँगै ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज गरिएको थियो । प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई समीक्षकले भने निकै कमजोर प्रतिक्रिया दिएका छन् । कमजोर प्रतिकृया पाएतापनी चलचित्रले रिलिजको पहिलो दिन नै ४.२ मिलियन भ्यूजको इतिहास बनाएको सलमानले उल्लेख गरेका छन् l चलचित्रमा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डाको पनि अभिनय छ ।