गायिका शुवानी मोक्तानले अफीसियल म्युजिक भिडियो 'माया हो कि माया जस्तै' बजारमा ल्याएकी छन् l मोक्तानकै आवाज, शब्द र लय सिर्जना रहेको गीतको संगीत संयोजन रिकेश गुरुङको रहेको छ l आफ्नै अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको भिडियोमा शुवानी स्वयम्ले अभिनय गरेकी छिन् l अभिनयमा उनलाई मोडल नीराजन प्रधानले साथ दिएका छन् l भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् l   विजेश पौडेलको सम्पादन ,रङ सम्योजनमा तयार भएको भिडियोलाई सन्जित श्रेष्ठले खिचेका छन् l