गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा गीत ‘सुस्त’ सार्वजनिक भएको छ । गायिका जोशीको शब्द र संगीत रहेको गीतको भिडियोलाई फरज अर्पणले निर्देशन तथा सम्पादन गरेका छन् l हरि घलेले भिडियो छायाङ्कन गरेका हुन् l भिडियोमा सन्ध्या र उल्सन सँगै मनोज थापा मगर, सुरासा ओझा, अनिता चन्द र श्रीजन गुरुङको अभिनय रहेको छ । पर्दा प्रडक्सन युट्युब च्यानल बाट भिडियोलाई हेर्न सकिने छ ।