‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन्  ‘मिस यूनिभर्स’को ६९ औँ संस्करण फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एन्ड क्यासिनो हलिउडमा आयोजना भएको कार्यक्रममा यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् ।  यसै गरी फर्स्ट रनर अप ब्राजिलकी जुलिया गामा र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् l विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जनाले ताजका लागि प्रतिस्पर्धा गरेका थिए l यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् । विश्वकै प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाएकी थिइन् ।