कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरूलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भइरहेका छन् ।अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरू पनि अगाडि सरेका छन् ।सामाजिक कार्यमा अग्र स्थानमा रहेका धुर्मुस सुन्तलीले भरतपुर स्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पतालका लागि ५० थान अक्सिजन अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् l सामाजिक सन्जाल मार्फत उक्त कुराका जानकारी दिँदै धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत आकस्मिक हेल्प कक्षको हाम्रो टिमले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पतालका लागि ५० थान अक्सिजन सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तान्तरण गरेका छौँ । अझै अक्सिजन सिलिन्डर सँगै निम्न स्वास्थ्य सामग्री हरु:  प्यासेन्स मनिटर, इंफुसिओन् पम्प, हाई फ्लोव नसल कन्न्य्ल आवश्यक रहेको अस्पताल प्रशासनले जानकारी गराएको हुँदा सहयोग गर्न सक्नुहुने महानुभावहरूले सम्पर्क गर्नुहुन  आग्रह गर्दछौ। सम्पर्क न:९८०१५६४८०७, ९८०१५६४८०८ लेखेका छन् l पछिल्लो समय अभिनेता पल शाह, पुष्प खड्का, श्वेता खड्काले पनि अक्सिजन अभाव नहोस् भनेर सहयोग गरेका थिए l