बलिउड निर्देशक नितेश तिवारी आगामी चलचित्र रामायण निर्माण गर्दै छन् l यसै चलचित्रका कारण उनी कयौँ पटक चर्चामा आइसके l तिवारीको महत्वकांक्षी प्रोजेक्ट चर्चामा आउनुको मूल कारण नै यस् चलचित्रमा कुन चाही अभिनेत्रीले ठाउँ पाउँछिन् भनेर नै हो l केही समय अघि देखी चलचित्रको मुख्य भूमिकामा कृति सेननदेखि अनुष्का शर्मा जस्ता अभिनेत्रीहरू हुन सक्ने खबर भारतीय संचारले उल्लेख गरेको थियो l तर अब भने ठुलो बजेटको यस फिल्ममा सीताको भूमिकामा करीना कपुर र दीपिका पादुकोण मध्ये एक हुनेछन् । ठुलो बजेटमा निर्माण हुन लागेको यस् चलचित्र यी दुई अभिनेत्री मध्य एक जनाले सिताको भूमिका निभाउने छन् l यी दुवै अभिनेत्रीले ऐतिहासिक चलचित्रमा काम गरी सकेका छन् l हाल दीपिका आफ्नै होम प्रोडक्सन चलचित्र ‘द्रौपदी’ को तयारीमा छिन् l भने, करीना केही समय देखी नै नयाँ प्रोजेक्टको प्रतीक्षामा रहेकी छिन् l