नायिका सुरक्षा पन्त हरेक फिल्ममा फरक भूमिका गर्न रुचाउँछिन् । सुरक्षालाई दर्शकले फिल्मको पर्दामा नायकसँग नाँचेको कमै मात्र देख्छन् । बरु, उनी गहन कथामा बन्ने फिल्ममा बढी रुचि राख्छिन् । फिचर फिल्म होस् या छोटो फिल्म नै उनी सोचेर बुझेर मात्र काम गर्छिन् l उनी अभिनीत केही राम्रा छोटो फिल्मपनी युट्युबमा सार्वजनिक छ l यसै क्रममा उनले गरेका कुनै एक छोटो फिल्म हिन्दी फिल्मको हुबहु कपी भएको भन्दै सञ्जालमा दुःख व्यक्त गरेकी छिन् l उनी लेख्छिन्: हालसालै मैले काम गर्न पुगेको एउटा छोटो फिल्म, कुनै हिन्दी छोटो फिल्मको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुख लागेको छ। पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला।कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाहीँ मन खुम्चिन पुग्छ। व्यक्तिगत रूपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हु म ।त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु। तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको पनि भइँदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो फिल्मको  पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु।)यो पाठ हो, केवल मैले होइन सम्पूर्ण टिमले मनन गर्न जरुरी छ।अर्को एउटा महत्वपुर्ण पाठ : टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरूबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरू एकदम इमान्दार रहन जरुरी छ । पछिल्लो समय उनले काम गरेको छोटो फिल्म भनेको 'मनको बार' हो l  जुन युट्युबमा केही महिना अघि सार्वजनिक भएको थियो l