अभिनेत्री तथा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेकी रोशनी केसी कोरोना संक्रमित भएकी छन् । आफूमा कोरोना पोजेटिभ भएको जानकारी उनले सामाजिक सन्जाल मार्फत गरेकी हुन् l‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिवार देखी झन् सिरियस बनायो । यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ ।’ आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधवार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छिन् । उनले ‘जानी नजानी’ र ‘डा. खाते’ फिल्म समेत निर्माण गरेकी छन् l