चोरीको आरोप लागे पछि ओ .एस्. आर को आधिकारिक च्यानल बाट छोटो फिल्म 'मन' बार हटाइएको छ l अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा चोरीको आरोप लगाएकै कारण निर्माण टिमले उक्त फिल्मलाई हटाएका हुन् l यस्तो गलत कामले सिने क्षेत्र लाई धमिलो बनाउने काम गर्ने पन्तले उल्लेख गरेकी थिइन् l भारतीय छोटो फिल्म ‘नामर्द’बाट हुबहु यो फिल्म कपी गरिएको छ l तीन साता पछि चोरीको आरोप लागेको यस् फिल्मलाई नेपाली संवादमा उल्था दीपेन्द्र खड्गीले गरेका हुन् l गोविन्द प्रसाद शाहको लगानीमा निर्माण भएको चलचित्रलाई नीरज कँडेलले खिचेका छन् l फिल्ममा सुरक्षा र कोसिस छेत्रीको अभिनय रहेको छ l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् भने यसको कलरीङ डिन्सन दाहाले गरेका छन् l भने ‘नामर्द’मा जयेश मेस्ट्रीको कथा, संवाद र गीत रचना रहेको फिल्मको पटकथा र निर्देशक उदय कामतले गरेका हुन् । यो फिल्मले भारतमा दुई अवार्ड समेत जितेको थियो ।