फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशलाई केही रकम सहयोग गरेका छन् l  कोरोना कहरको महामारीबिच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि पौडेलले रु १ लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकमा उनले अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे l नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा संगठन आबद्ध छन् l चलचित्र 'तिम्रो मेरो साथ'को छायांकन सिद्ध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन् । उनले यसअघि 'रुद्र प्रिया', 'राज्जा रानी'लगायतका चलचित्र निर्माण गरिसकेका छन् l कार्यक्रम बिच प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीले कोभिड- १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे । साथै सो रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।