अभिनेत्री वर्षा राउतको ठुलो पर्दामा राम्रो पकड् छ l म्युजिक भिडियो हुँदै ठुलो पर्दामा प्रवेश गरेकी राउतको प्राय चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ l विकास राज आचार्यको लेखन् र निर्देशन रहेको फिल्म ‘नाइँ नभन्नु ल ४, बाट रँगिन क्षेत्रमा प्रवेश गरेकी उनी छोटो समयमा कारीयरलाई सिने क्षेत्रमा स्थापित गर्ने कलाकारको सूचिमा पर्छिन् l हाल सम्म वर्षाले दर्जनौँ फिल्ममा अभिनय गरी सकेकी छन् l दर्जनौँ फिल्म मध्य पनि उनले अभिनय गरेका चलचित्रहरू ‘नाइँ नभन्नु ल ४,जात्रा, छक्का पन्जा, छक्का पन्जा २, जात्रै जात्रा’ बक्स अफिसमा हिट भए । यी फिल्मले गर्दा पनि राउत निर्माता निर्देशकको नजरमा परिनै रहन्छिन् भने दर्शक श्रोतामा पनि उनको क्रेज एकदमै रहेको छ l
आफूले गरेको हिट फिल्म मध्य उनलाई मनपर्ने फिल्म भनेको ‘जात्रै जात्रा’ रहेको छ l उक्त कुरालाई राउतले सामाजिक संजालमा फ्यानसँग अन्तरक्रिया गर्ने क्रममा फ्यानको ‘गोपी कि जात्रा’ प्रश्नमा सो उत्तर दिएकी हुन् l यसै गरी नायक नाजिर र पलको प्रश्नमा दुवै मन पर्ने l साथै, 'राउत' र 'कोइराला'को प्रश्नमा राउत नै मन पर्ने उल्लेख गरेकी थिइन् l