गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले दोश्रोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका छन् l शेर्पाले विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् ! यस् अघि उनले "गीत एक अक्षरको" नामक एल्बममा देवनागरी लिपिको एक अक्षर "म" मात्रै प्रयोग गरी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए l हालै त्यही गीतलाई युकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रूपमा स्वीकार गर्यो । सन् २००४ मा उनले उक्त गीत मार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र पाउन सफल भएका थिए l उनले गाएको सो गीतलाई बेलायतको बल्र्ड बुक अफ रेकर्डले पनि आफ्नो रेकर्डमा राखेको छ ।