अमेरिकन चर्चित गायिका लेडी गागाले आफू बलात्कारको शिकार भएको खुलासा गरेकी छन् l १९ वर्षको उमेरमा आफू बलात्कार भएको उनको भनाइ छ l ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा गागाले यस्तो खुलासा गरेकी हुन् । उक्त कुराले अहिले सम्म पनि गागालाई मानसिक रूपमा ठुलो पीडा भएको छ l कपडा खोल्न नमाने म्युजिक एल्बमहरू नै जलाइदिने चेतावनी दिँदै एक संगीत प्रोड्युसरले मेरो बलात्कार गरेका हुन् । ‘उनले बलात्कारपछि कुनामा लगेर छाडे, म वान्ता गरिरहेको थिएँ र बिरामी थिए ।’यस पीडाबाट मुक्त हुन आफूलाई धेरै समय लागेको उनले बताइन् । ‘म त्यसपछि पहिलेजस्तो केटी रहिन । १२ पटक ग्रेमी अवार्ड जितिसकेकी गागाले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा पनि थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन् ।मैले धेरै एमआरआई र स्क्यानहरू गरे । तर एक पटक दुर्व्यवहार भएपछि शारीरिक र मानसिक रूपमा ठुलो पीडा हुने रहेछ,’ उनले भनिन् । उनका ब्याड रोमान्स,मिलिएन रिजन्स ,पर्फेक्ट इल्लिउसन लगायतका गीतहरू चर्चित छन् l