अभिनेताद्दय दिलिप रायमाझी र रमित ढुंगानाले सहयोगी हातलाई अघी बढाउदै भुटानी शरणार्थीलाई राहत वितरण गरेका छन् l पूर्वी मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा राहत वितरण गरेका हुन् l उनिहरुले शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका हुन् l चामल नुन, तेल र दालको लगायत वितरण गरेको दीलिपले बताएका छन् l अमेरिका पुगेका भुटानी शरणार्थी टिमले चलाएको संस्था ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो ।यो संस्थाले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो । दिलिप यस् संस्थाको कार्यकारी निर्देशक पनि हुन् l खाद्यान्न नेपालबाट फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना अशक्त भत्ता दिने तयारी पनि गरेको छ l साथै, भुटानी शरणार्थीले नेपाली नागरिकताको माग गरेका कारण चाँडै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको दीलिपको भनाइ छ l यस् कार्यमा अभिनेता रमितले पनि भुटानी शरणार्थीलाई नागरिता दिनमा आफुले आवाज उठाउने उल्लेख गरेका छन् l भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दू धर्मावलम्बी मानिसहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट लखेटिएको भन्ने दावी छ।