फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ।सौरभ ढकालको निर्देशन रहेको फिल्म शुक्रवार सार्वजनिक भएको हो । किचमान चित्रकारको कन्सेप्ट र कथा रहेको फिल्म कमेडी जनरामा अष्टनारायण पिक्चर्सले निर्माण गरेको हो l फिल्ममा बुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता,चिनीमाया मानन्धर निर्माता छन् ।

सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ l लोचन घिमिरेको संगीत,सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुन राज पौडेलको छायांकन समावेश भएको फिल्मलाई रेड् बर्ड प्रोडक्सन युट्युब च्यानल बाट हेर्न सकिने छ l