फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ। ओएस.आर डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l देवचुली फिल्मस्को ब्यानरमा फिल्म निर्माण गरिएको हो l देव भुषालको कथा,पटकथा तथा निर्देशन रहेको फिल्ममा प्रेमराज दाहालको लगानी रहेको छ l नायक भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउतको फिल्ममा मुख्य भूमिका छ। फिल्मलाई नीरज कँडेलले खिचेका हुन् l शुक्रवार सार्वजनिक भएको फिल्मलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।