भारतीय चर्चित गायिका श्रेया घोषाल आमा बनेकी छन् । ३७ वर्षको उमेरमा आमा बनेकी घोषालले उक्त खबरलाई सामाजिक सन्जाल मार्फत व्यक्त गरेकी हुन् l गत मार्चमा एक बेबी बम्प तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेग्नेन्सीको बारेमा जानकारी दिएकी उनले हिजो शनिवार छोराको जन्म दिएकी हुन् l  श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रूपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिल्यै महसुस भएको थिएन ।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । कमेन्टमा श्रेयालाई बधाई दिनेहरू ओइरो लागेको छ l  सन् २०१५ मा श्रेयाले रशिलादित्य सँग लगन गाँठो कसेकी थिइन् l नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौँ काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीतमा आवाज पनि दिएकी छिन् l