देश यति बेला कोरोना महामारीको कारणले ग्रसित छ । दुई सातादेखि सरकारले लागु गरेको निशेध्यज्ञाको कारण जनजीवन प्रभावित बन्दै गइरहेको छ । सक्रंमणको सक्रंमित बढिरहेका छन् भने मृत्युको दर पनि बढ्दो छ । यो समयमा सरकारले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध नै लगाएको छ । कोरोनालाई केही गरी पनि नियन्त्रणमा आउन सकेको छैन l आओस् पनि कसरी सत्ता हत्याउने र जोगाउने पुरानै खेलमा अल्झिएका छन् नेपालका बुद्धिजीवी भनौदाहरु l जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा भएको छ । सामाजिक सञ्जालमा मात्र नेता थर्काउन र तर्साउन बाहेक अन्य केही गर्न सकिँदैन l यसै क्रममा अभिनेत्री रेखा थापाले पनि मानव जाती र महामारीबिचको लडाइँमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप चल्नु दुखद रहेको बताएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘नागरिकको जीवन रक्षा गर्न सबै दलले भोट र विश्वास पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन र अर्को सरकार वा चुनाव भए पनि जमिनी यथार्थ फेरिँदैन ।’राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैँ निरीह रैती भएर बस्नु पर्ने उनको तर्क छ । राप्रपा नेतृ समेत रहेकी थापाले अगाडि लेखेकी छन्, ‘यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौँ मान्छेले मत दिएका माननीय अनि पार्टीहरू गुनासो र गाली गर्ने चौतारो हुन् ?’लासहरूले पनि हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने उल्लेख गर्दै उनी अगाडि लेख्छिन्, ‘यी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरूले आफ्नो पालामा के-के गरे ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को-को जिम्मेवार छन् ? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनु पर्छ । जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ?