नायिका ऋचा शर्माले आमाको निधन भए पछि आफूले आमाको महसुस कमी भएको उल्लेख गर्दै आइरहेकी छन् l गर्भवती अवस्थामा रहेकी शर्माले आफूले छोरी पाए आमा फर्किएको महसुस हुने बताएकी छिन् l २०७६ मंसीरमा उनले प्रेमी दिपेक्षविक्रम राणासँग लगन गाँठो कसेकी थिइन् l त्यसको केही समयमै उनकी आमाको निधन भएको थियो l गर्भवती रहेकी उनले आफ्नो गर्भमा छोरा छ कि छोरी भने चाहिँ अड्कल लाउन नसेकेको भनाइ छ l कोरोना महामारीका कारण अस्पताल पनि गएको छैनौ l अति आवश्यक नपरी अस्पताल जाँदैनौ lयदि केही परी नै हाल्यो भने पनि अनलाइन मार्फत चिकित्सक सँग सल्लाह लिन्छौ l यद्यपि गर्भमा हुर्किरहेको बच्चाका कारण ऋचाको मनमा छुट्टै उत्साह छ । जुन उत्साह शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन् । साथै , उनका पतीले भने छोरा रहेको अड्कल काटेका छन् lपहिलो सन्तानलाई ‘सर्प्राइज’कै रूपमा जन्माउने तयारी रहेको उल्लेख गरेकी शर्माले यस् अवस्थामा सहज रूपमा नियमित काम गरिरहँदा आफू गर्भवती छु भन्ने पनि लागेको छैन l खाने कुरा देखी उनको हेर्चाहा र ख्याल राख्नमा उनका श्रीमानले पनि भरपुर साथ दीरहेका छन् l