प्राय सामाजिक सञ्जालमा राजनीति बारे बोल्न त्यति नरुचाउने महानायक राजेश हमाल , यस् कोरोनाको जटिल परिस्थितिमा भने उनी राजनीतिको बारे बोल्न बाध्य बनेका छन् l जनतालाई कोरोना बाट बचाउनु भन्दा पनि कुर्सीमा को बस्ने भने खेल् चलिरहेको छ l यस् अवस्थामा पनि कुर्सीको खिचातानी भइरहँदा नेपाली राजनीति गन्जागोल हुनु ठुलो विडम्बना रहेको बताएका छन् । सामाजिक सन्जाल फेस्बूकमा एक भिडियो सार्वजनिक गर्दै उनले नेपाली राजनीतिज्ञ, सरकारले आजको प्राथमिकता के हो ? भन्ने कुरामा मनन् गरेर त्यसको गम्भीरता देखाउनु पर्नेमा नेपालको राजनीतिक किचलोमा फसेकोमा चिन्ता व्यक्त गरेका छन् । अहिलेको परिस्थितिलाई लिएर नेपाल गम्भीर छ भन्ने कुरा विश्वमा सम्प्रेषण गर्न जरुरी रहेको बताए । ‘त्यो सम्प्रेषण गर्न सक्यौँ र हाम्रो कूटनीतिक सम्बन्धहरूलाई सशक्त रूपले अगाडि बढाउन सक्यौँ भने विश्वको ध्यान हामीमाथि अझ सशक्त रूपले जानेछ’ उनले भने । हमालले नेपालको राजनीतिज्ञ र सरकारलाई अहिलेको प्राथमिकतामा ध्यान दिन आग्रह दिँदै भनेका छन्, ‘हाम्रो प्राथमिकता भनेको अहिले जुन विषम परिस्थितिबाट नेपाल गुज्रिरहेको छ, त्यसबाट कसरी पार गराउन सकिन्छ ? कसरी उम्काउन सकिन्छ भन्नेमै सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो ।

तर, त्यो नभएर हाम्रो सरकार, राजनीतिक मुद्दामै रुमल्लिइरहेको छ ।’अहिलेको परिस्थितिबाट उम्किने सशक्त समाधान खोप रहेको बताउँदै भने– ‘मास्क लगाउनुहोस्, हात धुनुहोस् ।सामाजिक दूरी कायम गर्नुहोस् भनेर कतिन्जेल यो परिस्थितिलाई अगाडि बढाउने ? कमसेकम एकतिहाई जनसंख्यालाई सरकारले खोप लगाउन सक्यो भने शायद अहिलेको विषम परिस्थितिबाट पार लाग्नेछौँ ।’बेलायत, अमेरिका, जर्मन, इन्डिया, चीन जस्ता राष्ट्रहरूमा हामीले हाम्रो कूटनीतिज्ञ च्यानलहरूलाई सशक्तसाथ अगाडि बढाउन सक्यौँ र नेपालको अहिलेको परिस्थितिमा नेपाली, नेपाल सरकार लगायत सबै राजनीतिज्ञहरू कति गम्भीर हुनुहुन्छ र सबैको ध्यान यसमै, यही मुद्दामा केन्द्रित छ कि नेपाली जनसमुदायहरूलाई अहिलेको परिस्थितिबाट कसरी उकास्न सकिन्छ भन्नेमा छ भन्ने भयो भने विश्वको ध्यान अझ थप हामीमाथि जानेछ । अझ गम्भीर पूर्वक विश्वले हाम्रो परिस्थितिलाई लिनेछ ।भारतमा पनि ठुलो चुनौती छ । त्यो हुँदाहुँदै पनि विभिन्न राष्ट्रको पोलिसी पनि यही छ कि आफ्नो गृहमा समस्या गम्भीर भएपछि आफ्नो मित्रराष्ट्र, छिमेकीहरूलाई पनि केही न केही मद्दत गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने पोलिसी हरेक राष्ट्रमा हुनेछ । शायद त्यही पोलिसी अनुसार विश्वले नेपाललाई सहयोग गर्नेछ ।किनकि हामी सबैलाई थाहा छ । विश्वलाई थाहा छ । हरेक राष्ट्रलाई थाहा छ । जबसम्म कोही सेफ छैन तबसम्म कोभिड १९ हामीबिच रहिरहने सम्भावना भइनै रहन्छ ।