देश यति बेला कोरोना महामारीको कारणले ग्रसित छ । दुई सातादेखि सरकारले लागु गरेको निशेध्यज्ञाको कारण जनजीवन प्रभावित बन्दै गइरहेको छ । सक्रंमणको सक्रंमित बढिरहेका छन् भने मृत्युको दर पनि बढ्दो छ । यो समयमा सरकारले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध नै लगाएको छ । सर्कारले चालेको यस् कदमलाई केहीले ताली दीरहेका छन् भने ,प्रायले त गाली नै दीरहेका छन् l बिहान कमाएर बेलुका छाक् टार्नेलाई निशेध्यज्ञाले भोकै नै मारेको छ l निशेध्यज्ञाले आम् मानसमा निम्त्याएको समस्यालाई पर्दा मार्फत देखाउन लेखक तथा निर्देशक प्रह्लाद खरेलले सिरियल 'गद्गद शाला' निर्माण गरेका छन् l गत आइतबार सार्वजनिक गरिएको सिरियल ’ ओएसआर डिजिटलबाट हेर्न सकिने छ l सिरियलको पहिलो भाग प्रसारण गरिएको हो l  केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको प्रस्तुति रहेको‘गदगद्शाला'मा नाट्यकर्मीहरू विश्वमणि घिमिरे ,राधा श्रेष्ठ,प्रभाकर न्यौपाने , सालिक भण्डारी ,पुष्प अवस्थी ,सरस्वती अधिकारी र  बाल कलाकार पल्पसा दवाडीको अभिनय रहेको छ । सिरियलको पुरै छायाङ्कन नाटक घरमा नै गरिएको छ l नाटक र चलचित्रका दुवै दर्शकलाई मध्यनजर गरी बनाइएको सिरियल हरेक आइतबार ओ एस् आर युट्युब च्यानल मार्फत मार्फत सार्वजनिक हुने छ l