अभिनेता तथा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक परेको छ । कोरोनाका कारण निधन भएका पिता रामबहादुर अधिकारीको उपचारको क्रममा कलंकी स्थित नेश्नल हस्पिटलमा निधन भएको हो l पछिल्लो २ हप्ता देखि कलंकी स्थित नेश्नल हस्पिटलमा हरिहरको पिताको उपचार भइरहेको थियो। जटिल अवस्था देखिएपछि मात्र हरिहरको पितालाई अस्पताल भर्ना गरिएको थियो।  केही हप्ता देखि अधिकारीको सम्पूर्ण परिवार कोरोना पोजेटिभ देखिएको थियो l अरूले घरमै बसेर उपचार गरिरहेका थिए।  यस् खबरलाई हरिहरकी म्यानेजर निशा बजगाईँले जानकारी दिएकी हुन् lपिता रामबहादुर अधिकारीलाई  हार्दिक श्रद्धाञ्जली। सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरुन्। हार्दिक समवेदना।