कोरोना महामारीका कारण अक्सिजन सिलिन्डर अभाव भए सँगै कलाकारहरू सिलिन्डर जुटाउने अभियानमा लागी परेका छन् l  नायक पल शाह, पुष्प खड्का देखी कयौँ कलाकारहरूले सहयोगी हातलाई अगाडी बढाउँदै यस् अभियानमा साथ दिसकेका छन् l साथै अब यस् अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् l सांगीतिक कार्यक्रममा अमेरिका जाने क्रममा ढकालले अक्सिजनको लागी केही रकमा जुटाएका छन् lसो कुरा गायक ढकालले आफ्नो फेस्बूक मार्फत जानकारी गराएका हुन् l

cine pati

उनले उक्त अभियानमा साथ दीने सहयोगीहरूको नाम पनि सार्वजनिक गरेका छन् l उनी लेख्छन् 'हामी सबै नेपालीको जन्मभूमि नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिन्डरको अभावमा हजारौँको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।  उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय श्रोता-दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।  यही क्रममा पहिलो चरणमा जम्मा भएको $15288 अमेरिकी डलर(करिब १८ लाख नेपाली) ­यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर  मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु । अझै पनि केही मनकारी महानुभावहरूले सहयोग रकम प्रदान गर्ने वचन दिनुभएको छ ; त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याइरहेका  अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत सहयोगका लागि पठाइने व्यहोरा पनि सादर अनुरोध गर्दछु । अहिलेसम्म मेरो अभियानमा साथ दिने मनकारीहरूको नाम र उहाँहरूले उपलब्ध गराउनु भएको सहयोग रकम यस प्रकार रहेको छ-