नेटफ्ल्क्सिको बहुप्रतिक्षित सिरिज ‘मनी हाइस्ट ५’ को रिलिज मिति घोषणा गरिएको छ । दुई भागमा प्रदर्शन गरीने यो सिरिजको पहिलो भाग २०२१ सेप्टेम्बर ३ र दोस्रो भाग यही वर्षको डिसेम्बर ३ मा रिलिज हुँदै छ ।यसको आधिकारिक स्पेनिस भर्जनको अन्तिम सिजनमा मिगेल एन्जल सिल्वेस्ट्रे र प्याट्रिक क्रियाड पनि थपिएका छन् । यो अन्तिम १० एपिसोडले डेन्भरका बाल्यकालका साथी मनिलाको कथा बताउने छ ।यस सिरिजका सर्जक एलेक्स पिना कार्यकारी निर्माताको रूपमा रहेकी छिन् l पिनाको अनुसार “यो महामारीको बिचमा पाँचौँ संस्करण लेखिरहँदा हामीले अघिल्लो १० एपिसोडका सिजन हेरेर गरिएको अनुमानलाई परिवर्तन गर्नुपर्छ र पुरै नयाँपन ल्याउन हामीले हर प्रयास गर्‍र्यौँ । हामीले पुरै ग्याङलाई खतरामा हालेर पुरै आक्रमक विधामा काम गर्ने निर्णय लियौँ । दोस्रो भागमा हामीले पात्रहरूको भावुक दृश्यहरूमा जोड दिएका छौँ । यो उनीहरूको भावनात्मक नक्साको यात्रा हो, जसले हामीलाई सिधै प्रस्थानसँग जोड्छ ।” विश्वव्यापी रूपमा एक ठुलो हिट सिरिज साबित भएको यस सिरिज अब कोरियन भाषामा पनि आउने छ ।