कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्ष देखी मिर्गौला रोग बाट पीडित रहेका मिश्राको मंगलबार बिहान निधन भएको हो । चितवनको भरतपुर अस्पतालमा निधन भएका उनको डायलसिस गराउनका लागी भरतपुर अस्पताल लगिएको थियो l नारायणी अस्पतालले ४ घण्टा डायलासिस गराउनु पर्ने ठाउँमा समय कटौती गरेर ३ घण्टा मात्र गरेको थियो l सोमबार तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि आदर्श पितालाई लिएर घर फर्किएका थिए l तर, अचानक उनको स्वास्थ्यमा समस्या देखिए पछि नारायणी अस्पतालमा राम्रो उपचार नभएको भन्दै आदर्शले पितालाई भरतपुर अस्पताल लगेका थिए l उनका साथी सोनु र आदर्श भएर विनोद मिश्रा लाई अस्पताल लिएर गएका थिए l मिश्राका साथी सोनुको अनुसार आदर्शले आफूलाई धेरै डर लागेको बताएको थियो l पापाले आँखा ठूलोठूलो गरी हेरिरहनु भएको छ। म अब काठमाडौँ लिएर जान्छु,' सोनुले सुनाए,'मैले पनि संक्रमणको जोखिम छ। सुरक्षित हुन्छ भने लिएर जाऊ भन्ने सल्लाह दिएको थिएँ। तर, बचाउन सकिएन।'सधैँ गर्दै आएको डायलासिस तीन घण्टाको साटो चार घण्टा भएको भए बुवाको ज्यान जोगिन्थ्यो भन्ने दाबी छ उनीहरूको। केही समय देखी नै आदर्शले भिडियो मार्फत पिताको अवस्था नाजुक रहेको बताउँदै पनि आइरहेका थिए l मिश्र 'कमेडी च्याम्पियन सिजन १' का प्रतिस्पर्धी पनि हुन् l