बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'राधे' खानले गरेका फिल्म मध्यमा सबै भन्दा झुर् फिल्म कहलिएको छ l फिल्मलाई अधिकांश भारतीय मिडियाले कम रेटिङ दिएका छन् । कतिले त ०.५ रेटिङसमेत दिएका छन् । भारतीय फिल्म समीक्षकहरूको पनि एउटै भनाइ छ ,झुर् फिल्म l भारतीय अभिनेता एवं फिल्म समीक्षक कमाल रसिद खान(केआरके) ले पनि फिल्म समीक्षक गरेका थिए l केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए । उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै समीक्षा भिडियोमै रोएका थिए । उनले गरेको समीक्षकले आफूलाई मानहानि भएको भन्दै खानले कमाल रसिद विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् l सो खबर लाई रसिदले आफ्नो सामाजिक सन्जाल ट्विटर मार्फत उल्लेख गरेका हुन् l सलमानको टिमले मुद्दाको छिटो सुनुवाइ गरिदिन अदालतसमक्ष आग्रह गरेको उनको भनाइ छ l