बाबु विनोद मिश्रालाई गुमाएका कमेडिएन आदर्श मिश्रा शोकमा छन् l मिर्गौला रोग बाट पीडित रहेका मिश्राको गत मंगलवार भरतपुर अस्पतालमा निधन भएको थियो l आफ्नो बाबुको निधन हुनुमा सबै भन्दा ठुलो हात उनी एन्.एम्.सी अस्पताल,नारायणी अस्पताल र देश चलाउन बसेका नालायक प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको बताउँछन् l उक्त कुरालाई उनले भिडियो मार्फत आक्रोश पोखेका छन् l' मैले मेरो बाबुलाई गुमाए l यसको जिम्मेवार नारायणी सरकारी अस्पताललाई मान्छु l बाबालाई दुई हप्ता अगाडी डायलसिस गर्न लग्दा खेरी 'एस्स पिओ टु नाइन्टी'छ भनेर एन् एन्.एम्.सी बाट फर्काइदियो l चार वर्ष उहाँलाई एन्.एम्.सी मै डायलसिस गराएको हो l पर डायलसिस गराए बापत सर्कार बाट ३५०० रुपैयाँ तिमीहरू उठाउँछौ l कमाउने बेला कमाउने ,अनि बिरामीलाई गाह्रो हुने बित्तिकै धपाउने l त्यहाँको केही सामानहरू पनि राम्रो छैन l अस्पतालमा डायलसिस मेसिनको ओभरअल् कनट्याक्ट लिएको छ इन्डियाको कम्पनी नेफ्रो प्लसले l एन्.एम्.सी अस्पताल गुण्डागर्दी बाट चलेको हो l यो अस्पतालको सञ्चालक बसुदिन अन्सारी हुन् जसले गत साल प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न आफ्नै व्यक्तिगत खर्च बाट ओली बचाएका थिए l यो मान्छे एकदमै पाओरफुल मान्छे हो l अन्सारीलाई अख्तियारले समाउन सक्दैन साथै ठुला पद्दमा रहेका व्यक्तिहरू पनि अन्सारीको अघि पर्ने हिम्मत पनि राख्दैनन् l त, शब्द प्रयोग गर्दै अन्सारीले ओलीको मिर्गौला प्रत्यारोपण गर्न आफूले खर्च गरेको भनेर प्रेस बिग्यप्ती निकालेको मिश्राको उल्लेख छ l यो अस्पतालको गुन्डा गर्दीले गर्दा आज मेरो बाबा मेरो सामु हुनुहुन्न l एन्.एम्.सी अस्पताल सबै भन्दा घटिया अस्पताल हो l
यसै गरी उनले नारायणी अस्पताललाई आक्रोश पोख्दै भन्छन् l भन्ने बेलामा चाहिँ कोभिड बिरामीको डायलसिस गर्छौ भनेर किर्ते बिग्यप्ती निकाल्ने l फोन गरेर भन्नहुन्छ अस्पतालको दिदी(अस्पतालको नर्स),भाइ दुवै मेसिन बिग्रेको छ l यस्तो अफवाह फैलाउनु हुन्छ l यस्तालाई कारबाही किन नगर्या l सूचना आइसक्यो रे ,सूचना निकालेकै छैन आदर्श भन्छन् l ब्रेनमा युरीयन् पुगी सक्यो बिरामीको l हात जोडेर डायलसिस गर्दिनु भने l डाक्टरको अगाडी ४ घण्टा समय राखेर ,डाक्टर गइसके पछि ३ घण्टा मात्र गर्दिए l एक घण्टा घटाएर मेरो बाउको बाच्ने समय पनि घटाइदिनु भयो l एक घण्टा छिटो घर जाने निहुँमा मेरो बाबालाई मसानघाट पुर्याए lभिडियोमा उनले प्रधानमन्त्रीलाई पनि ठाडै भनेका छन् l मेरो नामले बाबा हैन, उहाँको नामले म चिनिएको छु l प्रधानाध्यापक हुनुहुन्छ नोबल स्कुलको l मेरो बाबाले स्कुलको लागी गरेको कार्यहरू हेर्नुस् मिर्गौला रोग बाट पीडित हुँदा पनि l खट्नु भएको थियो स्कुलको लागी l पहिले स्कुल कस्तो थियो अहिलेको स्कुल कस्तो छ l यताको बासिन्दाहरूलाई आएर सोध्नुस् l तपाईँले त छोड्दे हुन्छ कुर्सी केपी ओली l हप्ताको दुई पटक स्कुटर पछाडि बसेर डायलसिस गर्न जाने मेरो बाउले चलाको स्कुल हेर अनि तिमीले चलाएको देश हेर l लाज लाग्दैन,काम गर्न दिएन भन्छौ ,काम गर्न कहाँ मन् छ तिमीलाई ? त्यो पर्दैन भन्दै बस्ने काम हो तिम्रो l भेडाहरू पछाडि बोक्या छौ हुल् जम्मा गरेर l अनि बोल्छौ भारतको विरुद्धमा ,जति खेर पनि ब्याक अफ मोदी भन्या छौ ,त्यति भनेर जनताको मन् जित्न खोजेर भोट आफ्नो पोल्टामा हाल्न खोज्या छौ, देशलाई भित्र भित्र खोक्रो बनाएर l मधेसी नेता भन्दा राम्रो छु भनेर जनताको नजरमा मात्र पर्न खोज्या हौ,तर तिमी राम्रा नेता भने हैनौ l