अभिनेता रमित ढुंगानाले एक बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । मंगलवार काठमाडौँको जोरपाटीमा रहेको गृहमा ढुंगानाले रु १ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरेका हुन् l संस्थापक श्वेता केसीले खोलेको उक्त संस्थाको गृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन् । केही दिन अघि रमितले ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट मोरङको पत्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यान्न वितरण गरेका थिए । महामारीको समयमा बाँचौँ र बचाऔँ भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् ।
महामारीको समयमा बाँचौँ र बचाऔँ भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् । साथै यो समयमा सबैले सकेको सहयोग गर्न आग्रह गरेका छन् । दुई हप्ता अगाडि अभिनेता अनुप विक्रम शाहीले एक अनाथ आश्रममा तीन महिनासम्म पुग्ने एक लाख बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।