आफ्नै पारामा हाँस्य ब्यंग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको छ l स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल पनि भएका छन l गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती देखाएका उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले कालापत्थरको ५ हजार ३०२ मिटर उचाईंमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमान कायम गरेका हुन् । ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भने नारा रहेको कमेडीले इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले कायम गरेको रेकर्ड समेत तोडेका हो l
सो खबर लाई खुशी ब्यक्त गर्दै भिडियो मार्फत पाउलोले नेपग्याजम समूहलाई शुभकामना दिएका थिए । यस् कार्यक्रमको मुख्य प्रायोजन अष्ट्रेलियास्थित “अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया” तथा “निन्जा”को रहेको छ ।त्यस्तै, इन्स्योरेन्स पार्टनर “सूर्या लाइफ इन्स्योरेन्स”, हेलिकप्टर पार्टनर “सिम्रिक एयर” रहेका छन्, भने सह–प्रायोजन “जगदम्बा मोटर्स–टीभीएस” तथा “एमएनटीभी अष्ट्रेलिया” रहेका छन् ।