गायक नितेश जङ कुंवरले संगीत यात्रालाई बिदा लिएको खबरको चर्चा नसकिदै उनी अर्को चर्चामा परेका छन l यो पटक भने उनको संगीतलाई लिएर भने हैन ,उनको प्रेम सम्बन्धलाई लिएर हो l कुंवर  र संचारकर्मी , मोडेल ओसिन सिटौला एक अर्काको प्रेम छन् भने खबर यती बेला रंगिन क्षेत्रको अग्र स्थानमा छ l नितेश र सिटौलाविच प्रेम रहेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरुमा समेत कौतुहलता पैदा हुन थालेको छ ।  केही दीन अघि ओसिनले नितेशको जन्मदिनमा केही भिडियो र तस्विरहरु सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएकी थिइन् l जसमा उनीहरुको प्रेम प्रस्ट रुपमा देखिन्छ l आफुहरु एक अर्काको प्रेममा रहेको कुरा खुलेर मिडियामा नआएता पनि ओसिन र नितेश प्रेममा छन् भनेर चाँही उनीहरुकै निकटका साथीहरुले पनि बताएका छन् l ओशिन् नेपालको सबैभन्दा लोकप्रिय रियलिटी शो, भ्वाइस अफ नेपालमा होस्टको रूपमा प्रस्तुत भएकी उनी सोही कार्यक्रमका कारण चर्चामा आएकी थिइन् l त्यो भन्दा पहिले, उनी अर्को लोकप्रिय कार्यक्रम हंगर हन्टमा काम गरिरहेकी थिइन् l सिटौला नेपालमा सब भन्दा मन पराइएको र सराहना गरिएको टेलिभिजन प्रस्तुतकर्ता पनि हुन् l