नायिका मनिषा कोइरालाले कोरोना विरामीको लागी भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् । वीरगञ्जको नारायणी अस्पतालका कोरोनाका संक्रमितहरुलाई ४ थान भेन्टिलेटर ,सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उनको उल्लेख छ l  यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ । नेपालका केही कलाकारहरु दोश्रो चरणको कोरोना लहरपछि सक्रिय रुपमा सहयोगमा जुटिरहेका छन् । जसमा नायक पल शाह, श्वेता खड्का , पुष्प खड्का , रामहरी पौडेल, राम कृष्ण ढकाल लगायत कलाकारहरु अहिले पनि कोरोना विरामीको लागी भनेर सहयोगी हातलाइ अघि बढाइरहेका छन् l