गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पछी उनलाइ अस्पातल भर्ना गरीएको थियो l अहिले ह्याम्स अस्पतालमा उपचार गराइरहेका श्रेष्ठमा कोरोना पोजेटिभ देखिएको खबर ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराइएको छ l केही दीन अघि कोरोना महामारीकाकारण अनिश्चितकालको ‘दि भ्वाइस अफ नेपाल’ बन्द पनि गरीएको थियो । साथै आउँदो साताको शुक्रबारदेखि शो प्रसारण गर्ने मनस्थितिमा आयोजक पुगेका छन् । सो का अन्य जज् गायक प्रमोद खरेल र तृष्णा गुरुङ पनि कोरोनाको चपेटामा परेका थिए l हाल यी दुईनै कोरोनामुक्त भैसकेका छन् l