अभिनेता रणवीर सिंहलाई सानो पर्दामा दर्शकले देख्न पाउने भएका छन् l रियालिटी शो ‘न्यु विग रियालिटी सिरिज’ मा उनी होस्ट रुपमा प्रस्तुत हुँदै छन् l आउदो २५ जुलाई बाट कलर्स च्यानल बाट प्रसारण भनिएको शो १२ राउण्डको भीजुअल शो हुनेछ । तीन लाइफलाइन राखिएको यस् शो मा सहभागीलाई तस्बिर देखाइनेछ र चिन्न लगाइने छ । भारत बचाएगा ,परिवारका प्यार र किस्मत पल्ट नाम दिइएको लाइफलाइन सहभागीले प्रयोग गर्न पाउनेछन् । सानो पर्दामा रणवीर पहिलो पटकनै काम गर्दै छन् l सफल कलाकारहरुमा रणवीर मात्र भने हैन सानो पर्दामा काम गर्ने l यस् अघि पनि कयौ कलाकारहरुले सानो पर्दामा प्रस्तुत भए दर्शक माझ आइसकेका छन् l जसमा अमिताभ बच्चन , सलमान खान , शाहरुख खानले समेत सानो पर्दामा काम गर्ने कलाकारको सुचिमा पर्छन् l