सौरभ राईको निर्देशनमा बन्न लागेको फिल्म ‘गुराँस’ ले नेदरल्याण्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने यस् फिल्मको स्क्रिप्ट लेखनको काम निर्देशक राइले नै गरीरहेका छन् l फिल्मले १० हजार युरो (नेपाली १४ लाख रुपैयाँ) हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।यस अघि पनि राइले निर्देशन गरेको फिल्म ‘निम्तो’ ले मुम्बई फिल्म फेस्टिवलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको यस् फिल्मलाई जितेको उक्त रकमले स्क्रिप्ट सक्काउने निर्देशकको उद्देश्य छ l आइसफलसँगै फिल्म निर्माणमा सञ्जय गुलाटी र क्राउलिङ एन्जलको पनि सहकार्य रहनेछ । आइसलफ प्रोडक्सनले यसअघि निर्माण गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा रहेको छ । सुजित बिडारी निर्देशित यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।