जनताको तन्त्र अथवा जनताको राज्य) एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" अथवा "प्रजातन्त्र" गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।  जनआन्दोलनको जगमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा भएको छ l आज गणतन्त्र दिवस l यस् दिवसलाई सबैले आफ्नै आफ्नै   ढंग बाट सामाजिक सन्जालमा ब्यक्त गरेका छन् l कतिले राम्राकुराले ब्यक्त गरेका छन् भने प्रायःले यस् दिवसलाई आक्रोशको रुपमा व्याख्या गरेका छन् l तर निर्देशक तथा हास्य कलाकार दिपक राज गिरीले भने यस् दिवसलाई ब्यङग्यात्मक पाराले ब्याखा गर्दै शुभकामना दिएका छन् l सन्जालमा गिरी लेख्छन्-राजाका पालामा जे पनि आदेशमा चल्थ्यो गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ !राजाका पालामा संसद भनेको पंचायतको अंग गणतन्त्रमा चाहि संसद भनेको भंग का भंग गणतंत्रको दिवसको शुभकामना !!! सरकारले अध्यादेशमा विभिन्न कानुन ल्याएको र आज बजेट पनि अध्यादेश मार्फत नै ल्याउँदैछ । दीपकले यसलाई नै ब्यङ्ग्य कसेका छन् ।