अभिनेता प्रमोद अग्रहरीले नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् l अग्रहरीले परासी युवा समूहको व्यवस्थापनमा उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरेका हुन् l परासी युवा समूहको व्यवस्थापनले अहिलेसम्म १५० अक्सिजनको सिलिन्डर सहयोग गरीसकेको छ l कोभिडका बिरामीले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर सहयोगी हातलाई अघि बढाएको अग्रहरीले उल्लेख गरेका छन् l पछील्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएपछि कलाकारहरुबाट सहयोग जुट्न थालेको छ । पल शाह, पुष्प खड्का, राजराम पौडेल, नाजिर हुसेन, श्वेता खड्का लगायतका कलाकारहरुले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजन जुटाउन विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेका छन्