गत बर्ष देखी कोरोनाका कारण मारमा पर्दै आइरहेको सिने उद्योगलाई सरकारले विद्युत डिमाण्ड शुल्क छुट दिने भएको छ l निषेधाज्ञा अवधिभरको छुट दिने ब्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले बताएका हुन् l आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणमा सिने क्षेत्रलाई आर्थिक वर्ष २०७८ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको अर्थ मन्त्री पौडेलले उल्लेख गरेका छन् l केही समय देखिनै सो कुरालाई लिएर प्रदर्शकहरुले सरकारसँग माग गर्दै आएका थिए ।