विश्वको सबैभन्दा उचाइमा भएको फेशन सोको कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट फ्यान रनवेको दोस्रो संस्करण हुने भएको छ l भदौ—असोज महिनमा हुने भएको यस् कार्यक्रम ५,८००० मिटर उचाइमा हुने छ l यस् अघि २०७६ पुस—माघमा भएको कार्यक्रमको पहिलो संस्करणमा गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त भएको थियो l करिव ५० प्रतिशत मात्र अक्सिजन र माइनस ३० डिग्री सेल्सियसमा गरीने फेशन शोलाई एमई टू फिल्म्सका श्रुति अनिन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । साथै के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले तयार पारेको अवधारणामा विकसित यस कार्यक्रममा सहभागीहरूलाई दिशानिर्देश गर्नेछन् ।