चलचित्र पत्रकार संघ नेपालले बाढी प्रभावित क्षेत्रमा घाइते भएकालाई सहयोग गर्नको लागी रगत संकलन गरेको छ । बुधबार काठमाडौँमा चलचित्र पत्रकार संघ नेपालले रत्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २ सय जना भन्दा बढिको  उपस्थिति रहेको थियो । त्यसमध्ये ८० जना रगतदानको लागि सक्षम भए । अन्यले भने विभिन्न शारीरिक समस्याका कारण रक्तदान गर्न सकेनन् ।


संघका अध्यक्ष संदीप सापकोटाका अनुसार नेपाल रेडक्रसको माध्यमबाट संकलित रकम सिधै बाढी प्रभावित क्षेत्रमा पुर्याइने छ । केहि नेपाली सिनेकर्मीले समेत रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रममा टिभी फिल्मी प्रमुख निकिता पौडेलले बाढी पिडितका लागि नगद १० हजार सहयोग गरिन ।