३ दर्जन सिनेमा हल सधैंको लागी बन्द हुने भएको छ l निर्माता तथा निर्देशक अशोक शर्माको अनुसार कोरोनाका कारण १ बर्ष देखी थला परेको हल अब उठ्न नसक्ने गरी बन्द भएको हो l कोरोना संक्रमणको जोखिम अगाडिसम्म नेपालमा १९५ ओटा सिनेमा हल सञ्चालनमा थिए ।यसमध्ये २२ वटा सिनेमा हल बन्द भइसकेका छन् । शर्माले सामाजिक सन्जालमा “करिब २२ ओटा चलचित्र हल कहिले नखुल्ने गरी बन्द भैसकेका छन् । अरु करिब ३०–४० ओटा सिनेमा हलहरु सधैंका लागि बन्द हुन लागेका छन् । जसको लगानी पूर्ण रुपमा जोखिममा छ, “के सरकारको यसमा ध्यान जानु जरुरी थियो कि थिएन ? कोभिडको समयमा पटक–पटक मन्त्रीलगायत सरकारका प्रतिनिधिहरुलाई भेटेर दिएको सुझाव को हविगत यही हो । यदि सरकारको यही ताल हो भने चलचित्र क्षेत्रको भविश्य अन्धकार छ, कहिले नउठ्ने गरी थला पर्ने निश्चित छ ।” भनेर लेखेका छन् l यदी यसमा सरकारले ध्यान केन्द्रीत नगरे अझै ३०–४० ओटा हल बन्द हुने अवस्थामा पुगेको शर्माले बताएका छन् ।