वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको देशभक्ति गीत सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन अमरको शब्द रहेको ‘नेपाः जिगु’ बोलको गीत सार्वजनिक गरीएको हो lसन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोलाई हाइलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा हेर्न सकिने छ l गीतको भिडियो सम्पादन र छायांकन अमर चित्रकारले गरेका हुन् भने निर्देशन् सुरेन्द्र तुलाधरको रहेको छ । मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको भिडियोमा अभिनय रहेको छ ।