गीत 'कुटुमा कुटु' युट्युबमा सर्वाधिक हेरिने गीत बनेको छ l सुपरहिट सिनेमा ‘२ रुपैयाँ’मा समावेश उक्त गीतले युट्युबमा १५ करोड भ्युज पाएको छ l १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत हो । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको गीतमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतका कलाकारले पनि नृत्य गरेका छन् । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन्l सन् २०१७ को मे २८ मा गीत रिलिज भएको हो l