कनन्ड नायिका रश्मिका मन्दान २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन् । बैंगलोर टाइम्सले दिने उक्त उपाधी पोहोर साल पाएकी रस्मिका यो साल पनि चुनिएकी हुन् l २०१६ मा सिने क्षेत्रमा पाइला टेकेकी मन्दान गुगलमा पनि सर्वाधिक खोजिएको नायिकामा पनि परेकी थिइन् l छोटो समयमानै रंगिन पर्दामा बलियो पकड बनाउने नायिकाको सुचीमा परेकी उनको ‘सुल्तान’ पहिलो फिल्म हो l जसमा अभिनेता कार्थिकको अपोजिटमा रहेकी थिइन् l तेलगुका सबै चर्चित हिरोसँग फिल्म खेलेकी रश्मिकाको बलिउडमा पनि पछिल्लो समय उनको माग राम्रो छ l सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ उनको बलिउड डेब्यू फिल्म रहनेछ भने उनले यही साल मात्र अमिताभ बच्चनसँग ‘गुडबाई’मा पनि काम गरेकी छन् । रश्मिकाको इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् ।