फिल्म इन्डस्ट्रीमा कास्टिङ काउचको घटना नयाँ होइन । चाहे हलिउड बलिउड होस् या कलिउड नै l कयौं निर्देशक, निर्माता तथा अभिनेतामाथि यौन शोषणको आरोप लागिसकेको छ ।अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले पनि आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । फ्यानको प्रश्नमा उनले शो कुरालाई खुलासा गरेकी हुन् l सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेकी छिन्, ‘हो, मैले यौन उत्पीडनको सामना गरेको छु ।

cine pati

जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनीहरुको अनुचित कार्यको बारेमा बोल्न डराइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’  यस् कुरालाई उनले अहिले मात्र हैन पहिले देखिनै बोल्दै आइरहेकी छिन् l निर्देशक सुनिल रावल माथि केही बर्ष अगाडी यौन शोषणको आरोप लागेको थियो l सो समय पनि उनले आफुले यौन उत्पीडनको सामना गर्नु परेको उल्लेख गरेकी थिइन् l